रामे र भुन्टी एक अर्कालाई औधी मनपराउँछन। एक अर्कालाई साँचो प्रेम गर्छन।सात जुनीसम्म एक अर्काको हुने कसम खान्छन। भविष्यका सुनौला सपना बुन्दै प्रेमीला पलहरूको साटासाट गर्छन। केही पल प्रणयका, केही रिस-रागका, केही हँसीमजाक अनि धेरै पल एकले अर्कालाई गर्ने अगाध प्रेम दर्शाउन मस्त हुन्छन दुबैजना। समय घर्कदै जान्छ, दिन ,हप्ता , महिना, साल गर्दै। भुन्टी पढ़ाई सकेर जागिर खान थाल्छे। सरकारी जागीरें भुन्टीको घरमा आफन्त, छर छिमेक बिहेको कुरो लिएर धाउन थाल्छन। भुन्टी पनि रामेलाई डाक्टर, ईन्जिनियर, बिदेशी रातो/हरियों कार्ड र पिआर वालाहरू आफूलाई माग्न आएको कुरो रामेलाई सुनाउँछे। रामे, आफू डाक्टर, ईन्जिनियर र बिदेशी लाहुरे हुननसकेकोमा हिन्नताबोध गर्न थाल्छ। आफूलाई आर्थिक सामाजिक हिसाबमा भुन्टीको परिवार भन्दा तल परेको महसुस गर्छ अनि हिन्नताबोधले ग्रस्त रामे दिनरात भाग्यलाई सराप्दै बस्छ। भुन्टीको रामेप्रतिको ब्यबाहार दिनानुदिन परिवर्तन हुँदै जान्छ। प्रेममा अंन्धो रामे उसको दुत्कार सहज रुपमा लिन्छ र त्यसमा पनि प्रेमको नै अनुभूति गर्न थाल्छ। रामेले आफ्नालाई बिर्सीसके हुन्छ। भुन्टी सायद आफुले रामेभन्दा असल पति पाउनेमा ढुक्क थिई। अब भुन्टीलाई रामेप्रति कुनै लगाब छैन। सायद भुन्टी रामेलाई आफ्नो जीवनको भूल ठानीसकेकी थिई।
दुई बिच बार्तालाप पातलीदै जान्छ। एकदिन रामेको फोनको घन्टी बज्दछ। भुन्टीको फोन रामे खुसी हुँदै उठाउँछ। " हल्लो रामु, आज मम्मीले तिम्रो र मेरो चिना राम्रो ज्योतिषलाई देखाईसेको थियो , ज्योतिषले भने अनुसार तिम्रो पिराहा ग्रह छ रे,तिम्रो ग्रहले तिम्रो पत्निलाई बिरामी पार्छ रे, अनि मर्न पनि सक्छ रे। त्यसैले म तिमीसंग बिहे गर्न सक्दीन, मलाई बिर्सीदेउ"। बज्रले हानेझैं भुन्टीको ति शब्दबाट रामे मुर्छित हुन पुग्दछ। गहभरि आँशु बोकेर आफूलाई सम्हाल्दै रामे भन्छ " ठिकै छ भुन्टी मेरो कारणले तिमीलाई दुःख हुन्छ भने म पनि तिमीलाई बिर्सीदिन्छु"।
Thursday, 24 January 2013
Sunday, 20 January 2013
Saturday, 19 January 2013
जंगली "तिखे" त झन् नपुंसक पो परेछ!
सानी, चिटिक्कपरेकी, राम्री थिई मेरी ''माली गाई ''।तर जख्खर को थियो "तारे गोरू", अज्जंगको जिउ, बढेमाको तिखो सिंग, कसिला फिल्ला, हेर्दैको डरलाग्दो जंगली अर्ना थियो तारे। सबैले भन्थे मालीलाई यो तारे ब्याड लगाउन पाए ज्यादै राम्रो बच्चा जन्माउने छे। त्यो बच्चाले मेरो घरमा दुध, घिउ, कुरौनीको खोलो बगाइदिने छ। तेही सपना देख्दै मैले अनेक दुखः, कष्ट खपेर ज्यानकै बाजी राखेर अनेक प्रयत्नले तारेलाई जंगलबाट गाउँ लीएर आँए।
ज्यादै दु:ख दियो तारेले तर पनि हिम्मत हारिन। कहिले परिवारका सदस्यलाई सिंगले हिर्कौथ्यो त कहिले लात्तीले, कहिले गाउँलेको खेति कुल्चन पुग्थ्यो त कहिले रातभर कराएर छिमेकीको निन्द्रा पनि बिगर्थ्यो। गाउँले जे भएपनि म खुसि थिएँ। कहिले कहिँ मालीसंगै सिंगौरी खेले पनि तारेले मेरो मालीसंग राम्रै सहवास गरेको थियो।मैले पनि माली र तारेलाई ६०१ मानाको कुँडो खुवाउथे। बिरामी हुँदा औषधि दिन्थे, सबै स्याहार गर्थे,बच्चाको नाम पनि राखिसकेको थिए ''संघिय गणतान्त्रिक संबिधान'', भोटो सिलाईसकेको थिए तर पनि मालीको पेट नबढेको देख्दा कहिले कहिँ संकाले मेरो छाती पोल्थ्यो। तरपनि हिम्मत हारेको थिईन। तर हिजो देखि मेरो सारा सपना तुहियो। माली हिजो रातभर कराई , मालीले फेरी बालि खोजि । जंगली तारे त झन् नपुंसक पो परेछ! मलाई थाहा छैन कुन छिमेकीको बहर छ। मलाई थाहा छैन कुन छिमेकीको कस्तो ब्याडको कुन विर्यले मेरो "मालीलाई" ब्याउने बनाउँछ!

Thursday, 17 January 2013
"ट्यान्क"
टुईटरको टाईमलाईनमा कहिलेकाँही अचम्म र उदेकलाग्दा ट्रेन्डहरू देखा पर्छन। सुरूवात कसले गर्छन, किन गर्छन त्यो सुरूवात गर्नेले नै जानुन। तर आज बिहानैदेखि ReplaceASongTitleWithTank ट्रेन्ड भएको रहेछ। एक दुईजाना टुईटे मित्रहरूको टुईटदेखें रमाईलो लाग्यो। म पनि के कम? दिन भरि टाईमलाईनमा मस्त भिंडे नेपाली गीतलाई "ट्यान्क" ले बिस्थापन गर्न। केही टुईटहरू जस्ताको तस्तै कपी गरेर यता सारेको छु।
(नोट: निम्न टुईटहरूको स्रष्टा र सृजनाको अपमान गर्ने ध्येय किमार्थ होइन, बिशुद्ध मनोरन्जनका लागी मात्र हुन)
#ReplaceASongTitleWithTank झरेको ट्यान्क झै भयो उदास मेरो जीन्दगी....
#ReplaceASongTitleWithTank ट्यान्कमा बतास चल्यो ट्यान्कमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो
#ReplaceASongTitleWithTank लौन हजुर एउटा मान्छे ट्यान्क चोरेर फ़रार भो।
#ReplaceASongTitleWithTank मुल हौ भने रसाईदेउ........ माया गर्छु भन्नेले ट्यान्क देखाईदेउ।
#ReplaceASongTitleWithTank म ट्यान्कमा अल्झीरहेको एउटा जीबन।
#ReplaceASongTitleWithTank दुईटा ट्यान्क देउरालीमा साथै राख्यौ जस्तो लाग्छ।
#ReplaceASongTitleWithTank क्याम्पस पढ्न आउने, सरले उता पढाउने हाम्ले ट्यान्क जुधाउने चित्त बुझाउने ।
#ReplaceASongTitleWithTank सुन हराए तै बरू खोज्न हुन्थ्यो नि। ट्यान्क हरायो लौन नि के गरुँ
#ReplaceASongTitleWithTank जन्मेर ट्यान्कमा कसैको हुर्कन्छ कोखमा कसैको......
#ReplaceASongTitleWithTank सागरसरी चोखो ट्यान्क तिमीलाई दिउँला।
#ReplaceASongTitleWithTank यी हल्लाहरू हुन तिमीले सुनेका कसै संग मैले ट्यान्क साट्या छैन
#ReplaceASongTitleWithTank बल गरेर त्यो ट्यान्क यता जोड़ भन्दिन म।
#ReplaceASongTitleWithTank नबिर्से तिमीलाई न पाँए तिमीलाई, बिना अर्थ ट्यान्कमा सजाएँ तिमीलाई.......
#ReplaceASongTitleWithTank किन किन तिम्रो ट्यांक मलाइ निको लाग्छ :P
#ReplaceASongTitleWithTank हेर्नदेउ तिम्रो ट्यान्क भोली त टाढा हुनु छ, सम्झदै तिमीलाई मेरी माया एक्लै रूनु छ।
#ReplaceASongTitleWithTank पोहोर साल ट्यान्क फाट्दा जतन गरि मनले टालें.........
#ReplaceASongTitleWithTank के छ र दिउँ तिमीलाई मैले कोशेली भनेर, ल्याएको थिए यै एउटा ट्यान्क पोखियो छल्केर
#ReplaceASongTitleWithTank गाँउ गाँउ बाट उठ ट्यान्क ट्यान्क बाट उठ, यो देशको मुहार फेर्नलाई उठ
#ReplaceASongTitleWithTank गल्ति हजार हुन्छन यहाँ ट्यान्क हराएको बेला
#ReplaceASongTitleWithTank कलकते काँईयो केश मेरो बान्ग्यो टेबल ऐना छ, पिरती मैले नलाको हैन ट्यान्क मै रैनछ, धान कै बाला झुलामला मायालाई ....
#ReplaceASongTitleWithTank हेह्हे हेहेहेहेहेहेहेहेहेह बतासैले उड़ाई ल्यायो ट्यान्क मेरो..........फुलमाथी सजाईदियो छायाँ तिम्रो
#ReplaceASongTitleWithTank कुन ट्यान्कमा जान्छौ यात्री, कुन ट्यान्करमा जाने हो?
#ReplaceASongTitleWithTank सपना भुलाई सारा, आँशु पिएर जाउ, ट्यान्कमा छ तिम्रै तस्वीर लिएर जाउ।
#ReplaceASongTitleWithTank तिम्रै निम्ती मखमली ट्यान्क लीई आउँला ........
#ReplaceASongTitleWithTank रातो भाले ट्यान्कमा करायो करायो ग़रीबको चमेली निसाफै हरायो
#ReplaceASongTitleWithTank म त लालीगुराँस भएछु, ट्यान्क भरि फुलिदिन्छु....मनैभरी फुलीदिन्छु
#ReplaceASongTitleWithTank आँखा छोपी नरोउ भनि भन्नु पर्या छ मुटु माथी ट्यान्क राखी हाँस्नु पर्या छ।
#ReplaceASongTitleWithTank उध्रेको ट्यान्क छ है, तै पनि लाईन्छ.....
#ReplaceASongTitleWithTank हजार ट्यान्कहरूको माया लागेर आउँछ
#ReplaceASongTitleWithTank यो नेपाली ट्यान्क उचाली अन्धकारमा लम्कन्छ
#ReplaceASongTitleWithTank ट़्यान्क को पानी माछीले खानी पिरिम सित जाने की नजाने
#ReplaceASongTitleWithTank रातों टिका निधारमा टलक्क टल्कीयो, ट्यान्क भित्र मा़याको आगो सल्कीयो।
#ReplaceASongTitleWithTank लेकाली हो हो चोयाको ट्यान्क #ReplaceASongTitleWithTank एउटा ट्याङकको मायाले कति फरक पर्दछ जिन्दगीमा।

Wednesday, 16 January 2013
गजल/पजल
त
न हारले न धारले घायल छु तिम्रै प्यारले
मुटुमा खन्जर रोप्ने ति मृगनयनका प्रहारले
न आशले न प्यासले अतृप्त कुण्ठा बढ्दो छ
सातै सुरमा गुन्जने तिम्रो प्रीतको झंकारले
न राप न तापले प्रेमको लाभा उम्लदै छन
मदमस्त गुलाबी अधरको बैंशालु लल्कारले
न छलले न बलले एक अर्कामा हरायौं हामी
आत्माको मिलनमा चाहे जे भनुन संसारले

Subscribe to:
Comments (Atom)