Tuesday 21 August 2012

मैले आफ्नो बारेमा भन्नै पर्दा


मैले आफ्नो बारेमा भन्नै पर्दा,
म कहिल्यै फाईंफुट्टी नदेखाउने मान्छे!
कहिले ठालू पल्टीन नजानेको मान्छे !!

मैले परिवारको कुरा गर्नै पर्छ भने,
मध्यम बर्गीय किसान परिवारमा जन्मेको मान्छे!
त्यसैले त धनको घमन्ड नभएको मान्छे !!

मैले नैतिकताको कुरा गर्नैपर्छ भने ,
बाँच्नको निम्ति पैसा संग नैतिकता नसाटेको मान्छे ,
त्यसैले त  अवसरबादी र स्वार्थीको चंगुलमा फसेको मान्छे!!!

मैले प्रेमको कुरा गर्नै पर्छ भने,,
सात अर्ब मान्छेहरुको भिंडमा तिमीलाइ रोजेको मान्छे,
त्यसैले त आज जिउंदो लास भएको मान्छे !!

मैले बिश्वास कुरा गर्नै पर्छ भने,
आफूभन्दा अरुलाई धेरै बिश्वास गर्ने मान्छे
त्यसैले त काखमा राखिएर पिठ्युमा छुरा रोपिएको मान्छे !!!

(अगष्ट ६ २०११ मा फेसबुकमा लेखिएको मेरो नोट) 

No comments:

Post a Comment