Wednesday 23 July 2014

व्यबसायिक शिक्षा

यो व्यबसायिक शिक्षाले पनि गर्नु गर्ने भो। उ बेलाँ व्यबसायिक शिक्षा पढियो। केही कुरा फाल्न मन नै नलाग्ने। आज खाँदा खेरि घरि थालमा तरकारी बाँकी रहने यति मिठो तरकारी के फ्याँक्नु भनेर अलिकति भात थप्यो। फेरि तरकारी सकिन्छ, भात रहिदिने। यसरि घरि दाल रहने, घरि अचार रहने। अब त खान्न भनेर फ्याँक्न खोज्छु, अचानक सोमालीया /इथियोपिया र अफ्रिकाको भोकमरि सम्झिन्छु। यही खान नपाएर अफ्रिकमा तेत्रा मान्छे मरिराछन। यस्सो सोचे टाढा किन जानु हाम्रै देशाँ कर्णाली, रुकुम , रोल्पा, बझाङ बाजुरा तिर बर्षेनी खाद्यान्न संङ्कट परेको समाचार रेडियो टेलिभिजन र पत्रिकामा पनि आइरहन्छन। त्यसमाथी हाम्रै चितवनको चेपाङहरू वस्तीमा हुने अन्नको हाहाकार बारे त म अवगत नै थिएँ। अँह अन्न फाल्न हुन्न भनेर व्यवसायिक शिक्षाको नाममा मैले आफ्नो पाचन प्रणालीमाथी नै बर्बर दमन र यातना दिदै खाईरहे। उसै त लोभी बाहुन, यति खाइएछ कि यति खाइयछ कि , भित्तो समाउँदै उठ्नु परो। सुतली बम/ प्रेसर कुकर बम झै भुँडी प्वाट्टै फुट्ला कि झै लागि राथ्यो । धन्न म। 

Monday 21 July 2014

"देश गुनाको भेष"

कलेजको पहिलो  दिन:  बिहानै उठेर हतार हतार गरेर ट्रेन समात्न कुदें। स्टेसनमा मलाई एक महीना अगाडी लन्डन आएको बिराटनगर तिर घर भएको साथी कुर्दै थियो। दुई जाना संगै गफ गर्दै थियौ, यतिबेला सम्म ट्रेन कुद्न सुरू गरिसको थियो। पछाडीबाट आवाज आयो "तपाईहरू पनि नेपाली हो??" २३/२४ बर्ष कि युवती , मौसम अनुसारको फेसनेवल गेट अप र पोसाक, कुनै मोडलभन्दा कम देखिनथिनन् उनी । मनमा जे जे सोचे पनि म हत्तपत्त बोल्न चै नखोज्ने मेरो स्वभावले केवल औपचारिकतामा  मात्रै सिमीत भो त्यो देखभेट र परिचय। आखिर ऊ पनि हाम्रै क्लाँसमेट पो रहिछ । कलेज पुगेपछि थाहा भयो। ५०/६० जानाको क्लाँसमा हामी ती न जाना नेपाली रहेछौ। नेपाली भएकै नाताले पनि बोल्नै पर्ने भयो। त्यो दिन कलेजबाट फर्किदा उसले  सोधी, "तपाई म्यारीड हो??" मैले निसङ्कोच हो भने। उस्ले फेरि सोधी " लभ कि अरेन्ज?"  लभ! मैले जवाफ दिएँ। तपाई कहिले लन्डन आउनु भएको नि?? फेरि सोधि उसले  - मैले रूपेश ( बिराटनगरको साथी)  र म संगै आएको हो । एक महीना जति भो भनेर फेरि तात्तातो झुट सुनाईहालें।  त्यसपछि उसको फोनको घन्टी बज्यो र ऊ बोल्न मैं ब्यस्त भई! 

दोस्रो दिन लगत्तै कलेज थियो। ट्रेन चढ्ने स्टेसन एउटै भएकाले फेरि स्टेसनमै भेट भयो। भेट्न नपाउँदै उसले  सोधी "गौरब दाई! तपाईलाई "ब्लु" कलर मनपर्छ हो??? " अँ किन र? " मैले पनि प्रतिप्रश्न गरिहालें! त्यपछिको उस्को जवाफले म झसङ्ग भएँ - " हिजो पनि यही टि-सर्ट , आज पनि यही अरू छैन कि के हो??? ऊ अट्टाहास गरेर हाँसी! " अँ हेरन! हतार हतार गरेर आको खासै सपिङ गर्नु पनि भ्याईएन , यतै किन्नु पर्ला अब भनेर सोचेको! मैले बहाना बनाई हाले । 
म पछि रूपेशको ब्यागको साईज़ आवश्यकता भन्दा ठुलो भो भन्ने कमेन्ट पछि उस्को धाराप्रवाह यसरि सुरूहुन्छ: 
"लन्डन आईसके पछि देश गुनाको भेष गर्नुपर्छ। यताको खैरेहरू जस्तै टिप टप बन्नुपर्छ। फेसनको सेन्स हुनुपर्छ। एउटा स्टान्डर्ड मेन्टेन गर्नुपर्छ! नेपालमा गरे जस्तो लाए जस्तो खाए जस्तो गरेर कहाँ चल्छ??? " 
यति बेलासम्म मैले कानमा एरफोन कोचीसकेको थिएँ,  रूपेश अझै ध्यान दिएर सुन्दै थियो। गन्तव्यमा नपुगुन्जेल दुई जाना भलाकुसारी गर्दै थिए।  म गीतको तालमा थिएँ । मनमनै सोचें "कोशी पारीको पानी नै तेस्तो केटी भएसी पुग्ने " ! बेकुकी फर्किने बेलामा रूपेश र म दुइजाना मात्र भयौ, उस्लाई रिसिभ गर्न उसको म्यानेजर आउने बेहोरा रूपेश मार्फ़त मैले थाहा पाएँ। रूपेशलाई उस्ले बिहानै ट्रेनमा उस्को जुत्ता, जिन्स, घडी ,ब्याग आदी इत्यादीको मुल्य सुनाईसकेकी रहिछ । 

अर्को हप्ताको सोमबार फेरि कलेज थियो। जाने बेलामा हामी तिनै जानाको भेट भएन। फर्किने बेलामा तिनै जाना संगै भयौं । मलाई मेरो झुट आफैलाई ढाकछोप गर्न गाह्रो भैसकेको थियो। बिहेबाट सुरू भएको झुट अब छोरा छोरी र "तपाई यता हुँदा भाउजूले उता अर्कै खोज्लिन नि फेरि" भन्ने मजाक सम्म पुगिसकेको थियो। साँच्चै बिहे गरेर, बुढीलाई स्वदेशमै छोडेर बिदेश लागेको लोग्ने हुँदो हुँ त त्यो प्रश्नलाई हाँसेर टार्न सक्थे या सक्थिन त्यो यसै भन्न त सक्दिन तर त्यो प्रश्नलाई मैले हाँसेरै उडाईदिएँ । " विश्वास छ मलाई मेरो बुढीप्रति र उस्लाई पनि म प्रति"  मैले गम्भीर भएर भन्छु। उस्को प्रबचन फेरि सुरू भो यसपटक चै अल्लि ईन्ट्रेस्टिङ बिषय थियो, त्यो हो  "सेक्स " ! "सेक्स भनेको मान्छेको basic needs हो। दाल भात तरकारी जत्तिकै मान्छेलाई सेक्स पनि महत्वपूर्ण छ।"  
यति भनिसकेपछि ऊ फेरि सोध्छे: तपाईको छोरा छोरी कति जाना छन??
मैले केही सोच्दै नसोची एउटा छोरा एउटा छोरी भनेर भनिहाले । अब उसलाई  मेरो छोरा छोरीको फोटो नहेरी नहुने भयो। धन्न मोवाईलमा दुइजाना बच्चा ( छोरा र सानी फुच्ची छोरी) को फोटो थियो र फोटो यही हो  भनेर देखाउन पाईयो। अह्हा! कस्तो राम्री रैछे छोरी त। कस्तो क्युट!!! छोरीको फोटो हेरपछिको उस्को प्रतिकृयामा , " अँ पुरै बाउ गोता गईछ छोरी त "  मैले थपीहालें मौकामा । 
भाउजूको फोटो देखाउनु न दाई , बच्चाहरू हेरपछि भाउजू पनि कस्ति रैछिन हेर्ने ईक्षा लाग्यो भनेर उस्ले भनि। टुइटरबाट एउटी राम्री केटीको डिपी डाउनलोड गरेर ओरेर फोटजमा सेभ गरेर उस्को भाउजू हेर्ने रहर पनि पुरा गरिदिएँ। भाउजूले फिगर मेन्टेन गरेको देखेर ऊ दंग परेर हेरिरहन्छे । यो दुई बर्ष अघिको फोटो हो, छोरी जन्मेपछि चै मोटाकी छ तिम्री भाउजू भनेर उस्लाई थमथमाएँ । त्यसपछि अर्को अर्को ट्रेन समात्न हामी त्यो ट्रेनबाट ओर्लेर अर्को प्लैटफ़र्म तिर लम्किएम । मेरो झुटो प्रेमकहानी मैले यति बेला सम्म उस्लाई सुनाईसकेको थिएँ। रूपेश पनि मलाई दंग परेर सुन्दै थियो। मेरो झुटो कहानी बनाउन सक्ने क्षमता र म भित्रको कलाकारीताको पनि प्रशंसा गर्यो पछि। मेरो सबै कहानी सुनिसके पछि उस्ले आफ्नो प्रेमकहानीको बेलिबिस्तार लगाउन थाली। "मेरो एक्सब्वाईफ्रेन्ड पनि चितवन कै थियो, समय र परिस्थितीले हामी अलग हुनुपर्यो , यस्तै यस्तै भन्दै थिई ऊ! चितवन भन्ने बित्तिकै मैले नाम थर सोधीहालें । नाम थर सुन्ने बित्तिकै म छागाँबाट खसे जस्तो भएँ तर त्यो भाव अनुहारमा झल्काईन ! यति बेलासम्म उस्को ओर्लनु पर्ने स्टेसन आईसकेको थियो। ऊ ओर्लने बित्तिकै मैले उस्ले भनेको सम्बन्धित मान्छे र त्यै नाम गरेको मैले चिनेको मान्छे एकै हुन कि हैनन भनेर जान्न मन लाग्यो। उस्ले जस्को नाम लिएकी थिई, संजोगले ऊ मेरो बुढो मावली पट्टीको नाताले मामा पर्ने मान्छे थियो। मैले सबै बेलिबिस्तार सुनाएँ। सबै सुनिसके पछि मामाले भने " अस्ति कलेजमै रिसिभ गर्न जाने उसले भनेको म्यानेजर पनि मै हुँ, खासमा ऊ संग भेट चै प्लब्लीक टेलिफ़ोन बुथमा प्रचार गर्न टाँसेको नम्बरबाट भएको हो। पहिलो पटक फोनमा कुरा हुँदा थाई केटी हुँ भनेर भनि , भेटेपछि त नेपाली भनेर चिनीहालें। नेपाली पनि धेरै एडभान्स भैसकेका छन भान्जा लन्डनमा । म उसको ब्वाईफ्रेन्ड चै हैन " भनेर मामाले भने।  मैले बुझ्नुपर्ने सबै कुरा बुझें, रूपेशलाई पनि बुझाएँ। मनमनै सोचें , "देश गुनाको भेष गर्न नजाने पनि , टिपटप परेर नहिडे पनि, फेसनको सेन्स नभए पनि मसंग धेरै कुरो रहेछ" ।