Wednesday 23 July 2014

व्यबसायिक शिक्षा

यो व्यबसायिक शिक्षाले पनि गर्नु गर्ने भो। उ बेलाँ व्यबसायिक शिक्षा पढियो। केही कुरा फाल्न मन नै नलाग्ने। आज खाँदा खेरि घरि थालमा तरकारी बाँकी रहने यति मिठो तरकारी के फ्याँक्नु भनेर अलिकति भात थप्यो। फेरि तरकारी सकिन्छ, भात रहिदिने। यसरि घरि दाल रहने, घरि अचार रहने। अब त खान्न भनेर फ्याँक्न खोज्छु, अचानक सोमालीया /इथियोपिया र अफ्रिकाको भोकमरि सम्झिन्छु। यही खान नपाएर अफ्रिकमा तेत्रा मान्छे मरिराछन। यस्सो सोचे टाढा किन जानु हाम्रै देशाँ कर्णाली, रुकुम , रोल्पा, बझाङ बाजुरा तिर बर्षेनी खाद्यान्न संङ्कट परेको समाचार रेडियो टेलिभिजन र पत्रिकामा पनि आइरहन्छन। त्यसमाथी हाम्रै चितवनको चेपाङहरू वस्तीमा हुने अन्नको हाहाकार बारे त म अवगत नै थिएँ। अँह अन्न फाल्न हुन्न भनेर व्यवसायिक शिक्षाको नाममा मैले आफ्नो पाचन प्रणालीमाथी नै बर्बर दमन र यातना दिदै खाईरहे। उसै त लोभी बाहुन, यति खाइएछ कि यति खाइयछ कि , भित्तो समाउँदै उठ्नु परो। सुतली बम/ प्रेसर कुकर बम झै भुँडी प्वाट्टै फुट्ला कि झै लागि राथ्यो । धन्न म। 

No comments:

Post a Comment