Wednesday 12 September 2012

"डर"

म सानै हूँदा मलाई आमाले "हाप्सिलो " आउँछ  चाँडै सुत् भन्नुहुन्थ्यो। हाप्सिलोको डरले आमासँग टाँस्सिएर सुत्ने गर्थे। "छेऊ-छेऊको तितो माझको मिठो" यस वाक्याशंले पनि कम्ती डर लाग्थेन। बरु एक्लै सुतें माझमा कहिल्यै सुतिन, अझै पनि माझमा सुत्दिन। जसरि समय बित्दै गयो, यो डर पनि बढ्दै गयो।  उमेर संगै, शारिरिक परिवर्तन संगै, समयको बदलाब संगै डर पनि बढ्दो रैछ।  "हाप्सिलो ",  "छेऊ-छेऊको तितो माझको मिठो" यि डरहरुको भिडमा नयाँ डरहरु उत्पन्न हूँदै थिए। गुच्चा सबै हारूँला कि भन्ने डर, मेरो लड्डु लामा माईलाले नबनाईदेला कि भन्ने डर, मेरो बिरालुलाई कसैले कुट्ला कि भन्ने डर, मैले गरेको बद्मासि थाहा पाएर आमाले कुट्लीन कि भन्ने डर। यि डरहरुको श्रृखंला पछि नयाँ-नयाँ डरले मनमा डेरा जमाउन थाल्छन। स्कुले केटो हुँदा मास्टर / मास्टरनिको कुटाइ खानु पर्ला कि भन्ने डर, साथिले पढाईमा जित्ला कि भन्ने डर, स्कुलमा हाफ छुट्टिहुँदा पिङ, चिप्लेटि, ढिकिच्याँमा पालो नपाईने हो कि भन्ने डर। जब ६-७ कक्षामा पुगें तब सब ति पहिलेका डरहरु झिंगामसिना भुराहरुको डर रैछ भन्ने ज्ञान भयो। यो बेलाको डर सम्झेर अहिले एक्लै हाँस्छु कहिले काँहि।  पढाईका अलावा मैले मनपराको केटिलाई अरुले मन पराउँछ कि??  म राम्रो पो छैन कि?? मेरो कपडा राम्रो छैन कि?? त्यो केटि कोई संग नबोले हुन्थ्यो, त्यसलाई कसैले नजिस्काए, नहेरे  हुन्थ्यो, बस जसरि हुन्छ म यस्तो वाताबरणको सृजना होस भन्ने कामना गर्थे कि त्यो केटिको नजरमा म हिरो हुन सकूँ। यी डरहरु कुरकुरे बैंश ताकाका डर हुनुपर्छ। सायद जूँगाका रेखी बस्दै थिए होलान तेति खेर।


समय ढल्कदै थियो डरका स्तरहरु पनि भयानक हुँदै थिए। यसबेला डर भविष्य उन्मुख थियो। भबिष्यको सपना, लक्ष र उदेश्यको डरले मन आक्रान्त बनेको  बेला थियो। के गर्ने ? कसो गर्ने ? के पढ्ने? कुन साथी काहाँ पढ्ने भए? फलानो केटी कुन कलेज पढ्ने भई? बाआमाको सपना पूरा नहोला कि भन्ने डरलाई अब आफ्नै सानो घर , सुखि परिवार, जागिर,  असल जीबनसाथी, आदी ईत्यादीका डरले माथ दिईसकेको थियो। जे जे भए पनि ऊज्वल भविष्यको आशमा बर्तमानमा कल्पीएर मिठा मीठा सपना देख्नु, सुत्नु अघिको ड्युडी जस्तै भैसकेको थियो। यस्तै कल्पना र डरहरुका माझ २, ३ बसन्त कसरी बिते पत्तो नै भएन। 

पहीलो प्रेमले हृदयमा मिठो आभाषका साथ सुमधुर ध्वनिका झन्कारहरु तरङ्गित गर्छन..... केही क्षणका लागि सब डर दुर भए.... संसार जिते जस्तो अनुभूति भएको थियो तेतिबेला। ति त फगत भ्रम रहेछन... प्रेम सफल नहोला कि भन्ने डर सुरु हुन थाल्छ... म असफल प्रेमीको सुचिमा त पर्दिन?? मैले छिट्टै केहि गर्नु पर्छ, नत्र कस्ले म जस्ता डुकुलठ्ठकलाई छोरि दीन्छन्? सबैभन्दा पेचिलो डर त मैले मेरो प्रेम गुमाउन पर्ने हो कि भन्ने लाग्थ्यो। तर आफैले आफ्नो चित्त बुझाउँथे। म हार्दिन भन्ने अठोट र संकल्प मनमा  थियो। जीबन डरहरु कै माझपनि प्रेमिलो थियो। 


भविष्यको डरले मुटुमा पेच कस्न थाल्यो, यसैका  कारण पारिवारिक रोकतोकका बाबजुत मुग्लान लागें। मलाई लागेको थियो मुग्लानमा मेरा डरहरुको निम्ति सञ्जिवनी बुटी छ। त्यो अचुक बुटीले मेरा डरहरु एक पलमै च्वाट्टै पार्छन। झल्याँस्स हुन्छु:  म त समस्यै समस्याको भुमरिमा फसिसकेको  रहेछु, यहाँ मेरो को छ? मलाई भोक लागे कस्ले  खान दिन्छ?? कठै भन्ने मान्छे पनि कोही छैन, बिरामी भएँ भने कस्ले पानी खान दीन्छ?? बेखर्ची भएर भोक भोकै बाटोमा सडे भने?? तर पनि म संग संघर्ष बाहेक अर्को बिकल्प थिएन। एथार्थ बनाम भोक, प्यास र अभाबको माहाभारत ६ महिना बित्यो मुग्लानमा तर मैले कसैलाई पनि केहि भनिन। भनुँ पनि कस्लाई??? परिवारमा  कसरी भनुँ?? मालाई माया गर्ने जो कोहीलाई पनि भन्न सक्थिन। मेरो डरले मलाई खाइसकेको थियो। म डर सामू लम्पसार परूँकि झै पनि भान हुन्थ्यो, तर पनि सफल प्रेमी हुने मृगतृष्णाले मलाई संघर्षसिल बनायो। त्यहि संघर्षका कारण धैरै थोक पाएको छु, नपाएको पाउन अझै संघर्षरत छू।

सब डरडरहरु दुर भागे, केही गर्न सक्छु भन्ने आँट छ मनमा..... फगत त्यो प्रेम छैन साथमा .....   सरुभक्तको ''तरुनी खेती '' उपन्यासमा मैले पढेको थिएँ , ''आफ्नो जीवनकालमा एउटा प्रेमीले गर्ने सबैभन्दा ठूलो क्रान्ती प्रतिक्षा नै हो '' ।


1 comment:

  1. dammi cha sathi....mutu bhari bhayo...ekae chin yo sansar ma dhubey......daaar lai angali rakhey sadhai daar nae banney cha tara daar kae karan sansar banney cha!!! tmro lekh sahe cha!!!!lykz

    ReplyDelete