Thursday 13 September 2012

"तस्बिर आफैं बोल्दो रहेछ"



  लन्च-ब्रेकमा खाजा खाएर ओरेर एउटा रुखको छाँयामा बसेर आफ्नै सुरमा चुरोट तान्दै थिएँ। अचानक आँखा ''जस्ट म्यारिड'' लेखेको एउटा पुरानो मोडलको जस्तो देखिने रातो दुई तल्ले बसमा पुग्यो। छक्क परें.... रातो बत्ती बलेका कारण बस रोकीएको थियो। बसभित्र नियालें, एक भर्खर बिवाहीत दम्पत्ती र एक जाना चालक मात्र थिए। मैले हतार हतार मोबाईल फोन झिकेर दुई थान फोटो खिच्न भ्याँए। बत्ती हरियो हुनासाथ त्यो बस आफ्नो गन्तब्य तिर हूंईकियो, म हेरिरहेको थिंए रमाईलो मान्दै। फेरि आँखा बसको पछाडि पट्टी, लेखिएको शब्द र सङ्ख्याहरुमा पर्छन..           " FOR HIRE CONTACT  0208.....'' यस्तै थियो, ठ्याक्कै नम्बर याद भएन। म अब यो बारे जान्न झन् उत्सुक भएँ। के रहेछ यो बसको रहस्य, दिनभरि तेहि सोच्दै बसें। फर्रारी, लिमो जस्ता  चिल्ला, महङ्गा गाडी नचढेर किन जाबो यो थोत्रो बस चढेका होलान् ? पैसा नभएर पो हो कि?? मैले सोचें यहाँका गरिबहरु, सार्वजनिक सवारीको प्रयोग गर्दाहुन् बिवाहमा। कामसकेर घर आँए, आउने बित्तिकै गुगल दाईलाई सोधें " HIRE RED-BUS'' पनि लेख्न नपाऊदै "FOR WEDDING IN LONDON " भन्ने गुगल दाईको सुझाबले झनै सजिलो बनायो मेरो काम। एकपछि अर्को गर्दै हेर्दै गएँ.... र अन्त्यमा यहाँ ( http://traditional-travel.co.uk/ ) पुगें। थाहा पाँए कि यो बस सन् १९५० को दसकमा लन्डनमा भित्रिएको ''रुटमास्टर'' भनिने बस रैछ। सन् २००५ सम्म पनि यस्तै खाले बस रहेछन। पछि नयाँ मोडलका बसहरु आएका रहेछन्। अहिले यसलाई जम्मा दुईवटा रुटमा चलाईदो रहेछ। बाँकी बसहरु केहि संग्रहालयमा, केहि यस्तै बिहे, पार्टि, जस्ता कार्यहरुमा रिजर्भ गर्न मिल्ने ब्यबस्था मिलाईएको  रहेछ।

यति  सब जानकारी पाईसक्दा म  राजधानी काठमान्डूमा  दक्षिण एशियाकै नमूना मानिएको, चिन सरकारको सहयोगमा बनाईएको  ट्रलीबस सम्झीन्छु। फेरि गुगल दाईलाई सोध्छु, ''situation of trolley bus in kathmandu''  ........................... यहाँ तल देखाईएको फोटो देखें, पहिले नै मन खिन्न भो.... "तस्बिर आफैं बोल्दो रहेछ" त्यसपछिको भिडियोले झन निराश बनायो.......... :(




(photo source:  http://en.wikipedia.org/wiki/File:Kathmandu_trolleybus_1993.jpg )


3 comments:

  1. गज्जप लेख्या हो हम्लाइ मन परेको अबस्था । यस्तै लेख्दै गर्नुस एकदिन साताको BOW हुनुहुन्च ।

    ReplyDelete
  2. where there is will there is a way!

    ReplyDelete
  3. दामी छ ल ....यो फोटो हाल्ने आइडिया चै मलाई सिकाउनु पर्यो ,,,...एऔतै ब्लग मा २-३ ओटा फोटो राखन ...

    ReplyDelete