Wednesday 16 January 2013

गजल/पजल


न हारले न धारले घायल छु तिम्रै प्यारले
मुटुमा खन्जर रोप्ने ति मृगनयनका प्रहारले

न आशले न प्यासले अतृप्त कुण्ठा बढ्दो छ
सातै सुरमा गुन्जने तिम्रो प्रीतको झंकारले

न राप न तापले प्रेमको लाभा उम्लदै छन
मदमस्त गुलाबी अधरको बैंशालु लल्कारले

न छलले न बलले एक अर्कामा हरायौं हामी
आत्माको मिलनमा चाहे जे भनुन संसारले

1 comment: