Saturday 19 January 2013

जंगली "तिखे" त झन् नपुंसक पो परेछ!

सानी, चिटिक्कपरेकी, राम्री थिई मेरी ''माली गाई ''।तर जख्खर को थियो "तारे गोरू", अज्जंगको जिउ, बढेमाको तिखो सिंग, कसिला फिल्ला, हेर्दैको डरलाग्दो जंगली अर्ना थियो तारे। सबैले भन्थे मालीलाई यो तारे ब्याड लगाउन पाए ज्यादै राम्रो बच्चा जन्माउने छे। त्यो बच्चाले मेरो घरमा दुध, घिउ, कुरौनीको खोलो बगाइदिने छ। तेही सपना देख्दै मैले अनेक दुखः, कष्ट खपेर ज्यानकै बाजी राखेर अनेक प्रयत्नले तारेलाई जंगलबाट गाउँ लीएर आँए।

ज्यादै दु:ख दियो तारेले तर पनि हिम्मत हारिन। कहिले परिवारका सदस्यलाई सिंगले हिर्कौथ्यो त कहिले लात्तीले, कहिले गाउँलेको खेति कुल्चन पुग्थ्यो त कहिले रातभर कराएर छिमेकीको निन्द्रा पनि बिगर्थ्यो। गाउँले जे भएपनि म खुसि थिएँ। कहिले कहिँ मालीसंगै सिंगौरी खेले पनि तारेले मेरो मालीसंग राम्रै सहवास गरेको थियो।मैले पनि माली र तारेलाई ६०१ मानाको कुँडो खुवाउथे। बिरामी हुँदा औषधि दिन्थे, सबै स्याहार गर्थे,बच्चाको नाम पनि राखिसकेको थिए ''संघिय गणतान्त्रिक संबिधान'', भोटो सिलाईसकेको थिए तर पनि मालीको पेट नबढेको देख्दा कहिले कहिँ संकाले मेरो छाती पोल्थ्यो। तरपनि हिम्मत हारेको थिईन। तर हिजो देखि मेरो सारा सपना तुहियो। माली हिजो रातभर कराई , मालीले फेरी बालि खोजि । जंगली तारे त झन् नपुंसक पो परेछ! मलाई थाहा छैन कुन छिमेकीको बहर छ। मलाई थाहा छैन कुन छिमेकीको कस्तो ब्याडको कुन विर्यले मेरो "मालीलाई" ब्याउने बनाउँछ!

No comments:

Post a Comment